Logo

राजेन्द्र लिङ्देन र ज्ञानेन्द्र शाही प्रहरीको नियन्त्रणमा

काठमाडौं- प्रहरीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देन र प्रवक्ता एवं सांसद ज्ञानेन्द्र शाहीलाई नियन्त्रणमा लिएको छ । प्रदर्शनका क्रममा शाहीले नाराबाजी गरेपछि प्रहरीले सिंहदरबार गेटभित्रै दुई जनालाई नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा पर्नुअघि पार्टीको संसदीय दलको कार्यालयमा लिङ्देनसहितका नेताहरूलाई प्रहरीले रोक्ने प्रयास गरेको थियो । प्रदर्शनमा निस्किनु अघि राप्रपाका सांसदहरू सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा भेला भएका थिए ।

प्रहरीले उनीहरूले सिंहदरबार भित्रै प्रदर्शन गर्न सक्ने भन्दै निगरानी राखेको थियो । राप्रपाका कार्यकर्ताहरू बानेश्वरस्थित निषेधित क्षेत्र अगाडि प्रदर्शन गरिरहेका छन् । तीनकुने घटनाको न्यायिक छानबिन गर्नुपर्ने माग लेखिएका पम्प्लेट बोकेर प्रदर्शन गरेपछि राप्रपाका अन्य नेताहरुलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्