हेरिटेज पेजेन्टस २०२० अप्रिलमा «

हेरिटेज पेजेन्टस २०२० अप्रिलमा

सौन्दर्य प्रतियोगिता मार्फत् युनेस्कोको ऐतिहासिक र महत्वपूर्ण सम्पदा सूचीमा परेका विश्वका विभिन्न मुलुकका सम्पदा र संस्कृतिको जगेर्ना तथा प्रवद्र्धनका लागि प्रारम्भ भएको ‘हेरिटेज पेजेन्टस’ को २०२० को संस्करणको तयारी अगाडि बढेको छ । यस प्रतियोगिताका सहभागी र विजेताको दायित्व कर्तत्य सम्बन्धित मुलकका साथै विश्वका, कला, संस्कृति, सम्पदा, पर्यटन, वातावरण र शान्तिका लागि काम गर्नु रहेको छ ।
यस पटकको आयोजना मलेसियामा आउँदो अप्रिल ११ देखि २० सम्म संचालन हुने भएको छ । प्रतियोगिताको फाइनल प्रतिस्पर्धा अप्रिल १८ मा सम्पन्न हुनेछ ।
यस पटकको हेरिटेज पेजेन्टस २०२० अन्तर्गत मिस हेरिटेज इन्टरनसनल र मिसेस हेरिटेज इन्टरनेसनल २०२० को उपाधि लागि प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा नेपाल लगायत विश्वका ४० मुलुकका ५० प्रतिस्पर्धीहरु सहभागि हुनेछन् । इप्लानेट प्रा.लि. को आयोजनामा संचालन हुने यस पटकको आयोजनामा सहभागि हुनाका लागि मिस तर्फ १८ देखि २७ वर्ष उमेर समूह भित्र तथा मिसेस तर्फ २० देखि ४५ वर्ष उमेर समूह भित्रकाले सहभागिता जनाउन पाउने प्रावधान रहेको आयोजक संस्थाका अध्यक्ष सन्तोष सापकोटाले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्