Logo

गभर्नरमा भट्टको योग्यता नपुग्ने भन्दै सर्वोच्चमा रिट दर्ता

काठमाडौं- गभर्नर नियुक्तिका लागि योग्यता नपुगेको भन्दै डा. गुणाकर भट्टविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक पदबाट शुक्रबार नै राजीनामा दिएका भट्टलाई गभर्नर नियुक्तिका लागि योग्यता नपुगेको भन्दै अधिवक्ताद्वय प्रतिभा उप्रेती र विशाल थापाले सर्वोच्च प्रशासनमा निवेदन दर्ता गराएका हुन् ।

निवेदकका अनुसार आइतबार पेसीमा चढाउनेगरी पुरक निवेदन सर्वोच्च प्रशासनले स्वीकार गरिसकेको छ । निवेदकले दलहरूबीचको सहमतिका आधारमा ऐनको बाटो छाडेर दूषित कार्य भएको दाबी गरेका छन् । भट्टले शुक्रबारमात्रै कार्यकारी निर्देशक पदबाट राजीनामा दिएका थिए । भट्टको राजीनामा भने स्वीकृत भइसकेको छैन ।

नेपाल राष्ट्र बैंक ऐन, २०५८ को व्यवस्थाको कार्यविधि विपरित डा. भट्टलाई कानुनको विधि परित्याग गरी नेताहरूको सहमतिको आधारमा नियुक्ति गर्ने गैरकानुनी प्रपञ्च रचिएको पनि पुरक रिट निवेदनमा दाबी गरिएको छ । कानुनको बाटोबाट योग्य उम्मेदवारहरुको गभर्नर नियुक्ति समितिबाट छनौट भएर आउनुपर्नेमा गैर कानुनी बाटोबाट नेताहरुको सहमतिमा नियुक्ति गरिने कार्य सुशासन ऐन विपरित हुने दाबी रिटमा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्