काँठे लोकदोहोरी महोत्सव हुने «

काँठे लोकदोहोरी महोत्सव हुने

प्रथम राष्ट्रिय काँठे लोक दोहोरी महोत्सव २०७६ हुने भएको छ । भ्रमण वर्ष २०२० लाई सफल पार्न सहयोग पु¥याउने तथा काँठ क्षेत्रका गीत संगीतलाई संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले डिएआर मुभिजको आयोजनामा आउँदो फागुन १६ गते देखि २० गतेसम्म काठमाडौंको टुडिखेलमा महोत्सव आयोजना गर्न लागिएको हो ।
‘काँठ क्षेत्रको कला र संस्कृति हरेक नेपालीको सान, हाम्रै संस्कृतिको संरक्षण गर्ने हाम्रो अभियान’ भन्ने मूल नारा लिएर महोत्वसको गर्न लागिएको कार्यक्रम संयोजक नमराज ढुंगानाले जानकारी दिए । काठमाडौं आसपासका तत्कालिन ११ जिल्लालाई काँठ क्षेत्रका जिल्ला भनी चिन्न थालियो । त्यसभित्र लुकेर रहेका परिचयात्मक, ऐतिहासिक, सांस्कृतिक विभिन्न धरोहर छन् । तीमध्ये एक हो काँठे लोक गीतसंगीत ।
टुडिखेलमा हुने कार्यक्रममा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । पाँच दिनसम्म चल्ने महोत्सव हरेक दिन बिहान १० बजे देखि साँझ ५ बजेसम्म चल्नेछ ।
प्रथम राष्ट्रिय काँठे लोक दोहोरी महोत्सव २०७६ को अर्को महत्वपूर्ण कार्यक्रमको रुपमा काँठे लोक दोहोरी प्रतियोगीता रहेको छ । देशभित्र तथा बाहिर जुनसुकै ठाउँमा रहेकाले पनि यो प्रतियोगीतामा भाग लिन पाउने छन् । प्रतियोगितामा प्रथम, दोस्रो, तेस्रो तथा सान्त्वना हुनेले क्रमशः नगद रु. ३ लाख, २ लाख, १ लाख, ५० हजार सहित मेडल, प्रमाण पत्र लगाएत अन्य पुरस्कार प्राप्त गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस्