सिटिजन्स बैंकद्वारा सडक आश्रीत घरबारविहीनलाई भोजनसँगै नि:शूल्क स्वास्थ्य शिविर संचालन

काठमाडाैं- सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो १८औं वार्षिक उत्सवको अवसरमा घरबारविहीन र मानसिक सन्तुलन गुमाएर सडकमा आश्रय लिइ बसेका करिब १ हजार ९ सय व्यक्तिहरुलाई गत चैत्र २० देखि वैशाख ६ गतेसम्म १८ दिन भोजनको व्यवस्था गरेको छ ।
बैंकले आफ्नो अठारौं वार्षिक उत्सव यहि वैशाख ७ गते मनाउँदै छ । भोटुस्इन्दिरा समाज कल्याण संस्थासंगको सहकार्यमा काठमाडौंका जोरपाटी, चाबहिल, बौद्ध, मैतीदेवी, सेतोपुल, पुरानो बानेश्वर, भीमसेनगोला, बत्तीसपुतली, सिनामंगल, गौशाला लगायतका स्थानमा नदी किनार, सडक छेउमा र पुलमुनि बस्ने घरबारविहीन मानिसहरूलाई बैंकले भोजन वितरण गरेको हो ।
साथै बैंकले वार्षिकोत्सवको अवसरमा गत चैत्र २ देखि वैशाख ५ गतेसम्म ७ वटै प्रदेशमा नि:शुल्क स्वास्थ्य शिविरहरूको आयोजना गरेको छ । कोशी प्रदेशको हल्दिबारी र महेन्द्रचोक, मधेश प्रदेशको विद्यापति चोक, बागमती प्रदेशको बुढानीलकण्ठ, गण्डकी प्रदेशको अमरापुरी, लुम्बिनी प्रदेशको हस्पिटललाइन र जीतपूर, कर्णाली प्रदेशको श्रीनगर र दुल्लु, र सुदूरपश्चिम प्रदेशको महेन्द्रनगरमा स्वास्थ्य शिविरहरू आयोजना गरेको थियो ।
यी स्वास्थ्य शिविरहरूबाट करिब १ हजार ७ सय जना बिरामीहरूले लाभ प्राप्त गरेका छन् । हरेक वर्ष बैंकले आफ्नो बार्षिक उत्सवको उपलक्ष्यमा विभिन्न कार्यक्रमहरु गर्नुका साथै सामाजिक रूपान्तरणका लागि कार्य गर्ने संस्थालाई आर्थिक सहयोग उपलब्ध गराँउदै आएको छ ।