गुणाकर भट्टले दिए कार्यकारी निर्देशक पदबाट राजीनामा

काठमाडौं- नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले राजीनामा दिएका छन् । सत्ता साझेदार दलहरु नेपाली कांग्रेस र नेकपा एमालेले भट्टलाई गभर्नर बनाउने बचन दिएपछि उनले कार्यकारी निर्देशकबाट शुक्रबार राजीनामा दिएका हुन् ।
अहिले गभर्नर पद रिक्त रहेको छ । सरकारले तीन साताअघि नै गभर्नर नियुक्त गर्नका लागि सिफारिस समिति बनाएको थियो । अर्थमन्त्रीको संयोजकत्वमा रहेको सिफारिस समितिको बैठक बसेर तीन जनाको नाम सिफारिस गर्ने तयारी भएको छ ।