Logo

एनसेल एपमार्फत अनलाइन रिचार्ज गर्दा बोनस डेटा पाइने

काठमाडौं- एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत अनलाइन रिचार्ज गर्दा बोनस डेटा पाउने भएका छन् । डिजिटल माध्यममार्फत सेवाको प्रयोगलाई प्रोत्साहित गर्ने उद्देश्यले एनसेलले यो नयाँ योजना ल्याएको हो ।

कम्पनीका अनुसार यो अफर अन्तर्गत, १०० रुपैयाँदेखि २०० रुपैयाँसम्म अनलाइन रिचार्ज गर्दा १ दिनको लागि २०० एमबी डेटा बोनस स्वरूप प्राप्त हुनेछ । त्यसैगरी, २०० रुपैयाँ वा सोभन्दा माथिको रिचार्जमा ३ दिनसम्म मान्य ५०० एमबी बोनस डेटा पाइनेछ । स्क्र्याच कार्ड प्रयोग गरेर गरिएको रिचार्जमा भने यो बोनस लागू हुनेछैन ।

एनसेलले ग्राहकमैत्री सेवा प्रवाह गर्ने उद्देश्यका साथ एनसेल एपलाई एक आधुनिक सेल्फ–केयर टुल को रूपमा विकास गरेको हो । यस एपमार्फत ग्राहकहरूले सजिलै डेटा, भ्वाइस प्याक, सधैं अन प्याकहरू, प्याक उपहार दिने सुविधा, सेवा प्रयोग विवरण हेर्ने, र रोमिङ सेवाहरू प्रयोग गर्न सक्छन् ।

एनसेल एपले ग्राहकलाई डेटा र भ्वाइस बीचमा परिवर्तन गर्ने सुविधा पनि दिन्छ, जसले सेवा उपयोगलाई अझ लचिलो बनाउँछ । एनसेल एपमा अन्य उपलब्ध सुविधाहरूमा अनलाइन तथा अफलाइन गेमहरू, अनलाइन समाचार, मासिक बिल विवरण, सेवा सक्रिय वा निष्क्रिय गर्ने विकल्प, र विदेशमा रहेका ग्राहकका लागि सजिलो रिचार्ज तथा सम्पर्क सुविधा उपलब्ध छ ।

यसले छोटो वा लामो अवधिको लागि विदेश जाने प्रयोगकर्तालाई पनि प्रभावकारी समाधान प्रदान गर्छ । एनसेल एप गुगल प्ले स्टोर र एप स्टोर दुबैबाट डाउनलोड गर्न सकिन्छ । यो एप प्रयोग गरेर ग्राहकहरूले बोनस डेटासहित अन्य विविध डिजिटल सेवाको सहज लाभ लिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्