Logo

सुनको मूल्य घट्यो

काठमाडौं- सुनको मूल्य तोलामा आठ सय रुपैयाँ घटेको छ । बिहीबार हालसम्मकै उच्च मूल्यमा पुगेर प्रतितोला एक लाख ९० हजार छ सयमा कारोबार भएको सुन शुक्रबार आठ सय रुपैयाँ घटेको हो ।

शुक्रबार सुन प्रतितोला एक लाख ८९ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, चाँदीको मूल्य शुक्रबार स्थिर रहेको छ । चाँदी तोलामा एक हजार नौ सय ६० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस तीन हजार तीन सय १५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्