नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढ्यो

काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २६.४९ अंकले बढेको छ । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक २६.४९ अंकले बढेर २ हजार ७ सय २२.७३ विन्दुमा कायम भएको हो । बुधबार ७ अर्ब २६ करोडको कारोबार भएको शेयर बजारमा बिहीबार १० अर्ब ७९ करोडको कारोबार भयो ।
बिहीबार व्यापार बाहेक सबै सेक्टरका सूचक बढेका छन् । लगानी समूह सबैभन्दा धेरै २.९९ प्रतिशत बढ्यो । बैंकिङ १.१४, विकास बैंक १.३५, फाइनान्स ०.७२, होटल तथा पर्यटन ०.३९, हाइड्रोपावर १.१३, जीवन बीमा ०.८४, उत्पादन तथा प्रशोधन ०.०५, माइक्रोफाइनान्स ०.६३, निर्जीवन बीमा ०.९६, अन्य ०.३७ प्रतिशत बढेका छन् ।
नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको मूल्य १० प्रतिशत बढ्यो । एचआईडीसीएलको ६.८२, सुपरमादी हाइड्रोपावरको ६.६७, कर्पोरेट डेभलपमेन्ट बैंकको ५.८४ प्रतिशत मूल्य बढ्यो । बोटलर्स नेपाल बालाजुको मूल्य ४.४ प्रतिशत घट्यो । बिहीबार हिमालयन पावर पार्टनरको १ अर्ब ५८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । बिहीबार धेरै कारोबार भएका कम्पनीमा एनआरएन इन्फ्रास्ट्रक्चर, एचआईडीसीएल, ङादी ग्रुप र राधि विद्युत् क्रमश: अगाडि रहेका छन् ।