कवाडी संकलन केन्द्र कामपाले हटायो

काठमाडौं- कामठमाडौं महानगरपालिकाले कवाडी संकलन केन्द्रमा डोजर चलाएर हटाएको छ ।
कामपा नगर प्रहरी उपरीक्षक दिनेशकुमार अर्यालका अनुसार कामपा–३२ मा पर्ने उक्त कवाडी संकलन केन्द्र हटानको लागि ६ वटा टोल सुधार समिति र स्थानीयले कामपामा उजुरी गरेपछि उक्त केन्द्रमा बिहीबार डोजर लगाइएको हो । कामपा नगर प्रहरीले च्यासल पुलदेखि बालकुमारी पुल क्षेत्रसम्म रहेको तीनवटा कवाडी संकलन केन्द्र हटाएर हो ।
उक्त स्थानमा डोजर लगाएर भत्काएको विरोधमा कवाडी संकलन केन्द्रका दुई मजदुरहरुले डोजरलाई ढुङ्गामुढा गरेका थिए । ढुङ्गामुढा गर्नेलाई नियन्त्रणमा लिएको छ । स्थानीयले बालबालिको पठनपाठन बिग्रिएको, सामाजिक असुरक्षा भएको भन्दै उक्त केन्द्र हटाउन आग्रह गर्दै आएका थिए ।