Logo

एनसेलले ल्यायो नयाँ प्याक सुविधा

काठमाडौं– एनसेलले पहिलोपटक दिनको ३० रुपैयाँ भन्दा कममा नै अनलिमिटेड भ्वाइस र डेटा सेवा लिन सकिने प्याकहरुसहित विभिन्न नयाँ प्याकहरू संचालनमा ल्याएको छ । कम्पनीले भ्वाइस सेवामा, एनसेलले ३९ देखि ५९९ रुपैयाँसम्म शुल्क पर्ने ६ वटा नयाँ प्याक सार्वजनिक गरेको छ, जसमा ७ दिनको लागि मात्र १९८ रुपैयाँमा उपलब्ध अनलिमिटेड अल नेपाल प्याक पनि समावेश छ ।

यस प्याकमार्फत ग्राहकले दिनको २८.३ रुपैयाँमा अनलिमिटेड भ्वाइस कल सेवाको फाइदा लिन सक्छन् । एनसेलबाट एनसेलमा कल गर्न टक टाइम चाहिने ग्राहकले ३ दिनको लागि मान्य अनलिमिटेड डे अन नेट प्याक लिन सक्छन्, जसको मूल्य ५० रुपैयाँ रहेको छ । त्यसैगरी, ५९९ रुपैयाँमा ८४ दिन प्रयोग गर्न मिल्ने ९९९ मिनेटको कुनै पनि नेपाली नेटवर्कमा कल गर्न मिल्ने अल नेपाल टक टाइम प्राप्त गर्न सकिने छ ।

भारतमा फोन गरी सम्पर्कमा रहीरहन पर्ने ग्राहकलाई लक्षित गर्दै, एनसेलले ४९ रुपैयाँमा २८ दिनसम्म मान्य रहने इन्टरनेशनल लङ् डिस्ट्यान्स (आइएलडी) प्याक सञ्चालन गरेको छ । जसअन्तर्गत ग्राहकले भारतमा प्रतिमिनेट २.९९ रुपैयाँ (कर बाहेक) मा फोन गर्न सक्छन् । यो दर हाल लाग्दै आएको शुल्कभन्दा २५ प्रतिशत सस्तो हो ।

सस्तो शुल्कमा बढी मोबाइल डेटाको माग बढिरहेको अवस्थालाई ध्यानमा राख्दै, एनसेलले २ आकर्षक प्याकहरू सार्वजनिक गरेको छ । ९९ रुपैयाँ पर्ने पहिलो प्याकमा ग्राहकहरुले ३ दिनसम्म अनलिमिटेड डेटा लिन सक्छन् । दुई हजार ४९९ रुपैयाँकोे प्याकमा ग्राहकले ८४ दिनसम्म अनलिमिटेड डेटाको फाइदा लिन सक्छन् । यसले अनलिमिटेड डेटाको प्रतिदिनको खर्च मात्र २९.८ रुपैयाँमा झारेको छ ।

प्रतिक्रिया दिनुहोस्