Logo

एक लाख ९० हजार नाघ्यो सुनको मूल्य

काठमाडौं– सुनको मूल्य एकैदिन तोलामा तीन हजार ६ सय रुपैयाँले बढेर नयाँ र्कीतिमान बनाएको छ ।

बिहीबार सुनको मूल्य तोलामा एक लाख ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

यस्तै चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य पाँच रुपैयाँले बढेर तोलाको एक हजार नौ सय ६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्