भिसिटीएसमा प्रविष्ट थोरै, लैजान्छन् धेरै «

भिसिटीएसमा प्रविष्ट थोरै, लैजान्छन् धेरै

भन्सार क्षेत्रमै आर्थिक अपराध

बारा-वीरगञ्ज भन्सार र सुख्खा बन्दरगाहबाट आयातित वस्तुको अन्डर बिल, फरक वस्तु र थोरै परिमाण भिसिटीएसमा प्रविष्ट गर्ने क्रम बढदो रहेको छ । बिगतमा जस्तो प्रहरी लगायतका राजस्वका ढाटहरु हटेपछि भिसिटीएसमा सानो अंकको बिल परिमाण थोरै, सामान धेरै लैजान थालेपछि विद्युतीय तस्करी मौलाएको हो ।
भन्सार एजेण्टले काम गर्ने मुलुककै प्रमुख नाका रहेको वीरगञ्ज भन्सारमा केही कर्मचारीसँगको मिलोमत्तोमा थोरै सामान सानो मुल्यमा भन्सार गराउने र बाँकी विरगञ्जका विभिन्न अज्ञात क्षेत्रबाट भिसिटीएसमा प्रविष्ट नगरी थप लोड गर्ने क्रम बढेसँगै तस्करीको ठूलो जालो फेरि सक्रिय भएको श्रोतको दाबी छ ।
सिमित स्रोत साधनमा पनि राजस्व कार्यालयले धमाधम पक्राउ गरेसँगै तस्करी बढेको हो । तेस्रो मुलुकबाट आयात हुने विद्युतीय सामग्री, उपकरण, केबल, सृंगारका सामान, जुता कपडा लगायतका सामान र विशेषगरी भारतबाट आउने सामग्रीमा कर्मचारीको मिलोमतोमा अण्डर बिल गरी बजारमा ब्राण्डेड भनी बढी मुल्य उपभोक्तासँग लिने गरेपछि यो विषयले चर्चा पाएको हो ।
भन्सारमा मुल्यसहितको विभिन्न कागजातहरु पेश गरी थोरै सामान र कम मुल्य तिरी भन्सार पास गरेपनि रक्सौलमा थुपारेको सामान तस्करी मार्ग प्रयोग गर्दै वीरगञ्जमा ल्याएर भिसिटीएसमा प्रविष्ट नगरी लैजाने गरेको छ । वीरगञ्ज भन्सारका सूचना अधिकारी बिमल साहले भन्सार प्रशासनको निगरानीले तस्करी नियन्त्रण हुँदै गएको दावी गरे ।
भारतको कलकत्तादेखि काठमाडौं, पोखरा नारायणघाटसम्म ढुवानी गर्ने ट्रान्सर्पोट सर्भिसले स्थलमार्ग प्रयोग गरी आधा समानका भारतको रक्सौलमा गोप्य रुपमा थुपार्ने र आधा मात्रै भन्सार प्रवेश गराउने काम तस्करहरुको समूहले थालेको छ ।

 

प्रतिक्रिया दिनुहोस्