Logo

राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान

फाइल तस्बिर ।

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद् अधिवेशन आह्वान गरेका छन् ।

राष्ट्रपति पौडेलले सरकारको सिफारिसमा आगामी वैशाख १२ गते दिउँसो १ बजेका लागि संसद्का दुवै सदनको बैठक आह्वान गरेका हुन् ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले बजेट अधिवेशन बोलाउनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्