पर्वतारोही शेर्पालाई ब्यानर हस्तान्तरण

काठमाडौं– लुम्बिनी विकास बैंकले कीर्तिमानी पर्वतारोही कामी रिता शेर्पा ३१औं पटक सर्वोच्च शिखर सगरमाथाको सफल आरोहणको लागि सफलताको शुभकामना दिएको छ । एक कार्यक्रमको आयोजना गरेर बैंकको आफ्नो लोगो अंकित ब्यानर शेर्पालाई हस्तान्तरण गरेको हो ।
बैंकसँग सँग स्थापनाकालदेखि नै ‘निरन्तर सहयात्रा’ गर्दै आएका शेर्पाले यसअघि २ पटक सगरमाथा आरोहण गरेर कीर्तिमानी कायम गरिसकेका छन् । शेर्पा पुन: तेस्रो पटक सगरमाथा आरोहणको तयारीमा छन् । शेर्पा बिगत दुई दशकदेखि बैंकमा आबद्घ छन् ।