रक्तदाता दिवस मनाइयो «

रक्तदाता दिवस मनाइयो

शनिबार विभिन्न कार्यक्रम गरी तेश्रो राष्ट्रिय रक्तदाता दिवस मनाइएको छ । सो अवसरमा ब्लड डोनर्स एसोसिएसन नेपाल काठमाडौँ शाखा र पूर्वी भेगीय कोटेश्वर क्षेत्रीय समितिले मोटरसाइकल र्याली आयोजना गरेको थियो । प्रदेश नम्बर ३ का सभामुख सानुकुमार श्रेष्ठले र्यालीको उद्घाटन गर्दै रक्तदानजस्तो मानवीय पुण्य कार्यमा निरन्तर लागिपरेको रक्तदाता संघ (ब्लोदान) को सराहना गरे ।
दिवसकै अवसरमा यही फागुन २४ गते टुँडिखेलमा बृहत् रक्तदान कार्यक्रम हुने जानकारी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्