एक लाख ८७ हजार पुग्यो सुनको मूल्य

काठमाडौं- सुनको मूल्य तोलाको एक लाख ८७ हजार रुपैयाँ पुगेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।
मंगलबार प्रतितोला एक लाख ८४ हजार तीन सयमा कारोबार भएको सुन बुधबार तोलामा दुई हजार सात सय बढेर एक लाख ८७ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै बुधबार चाँदीको मूल्य तोलाको एक हजार नौ सय ५५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन कारोबारको तुलनामा बुधबार चाँदीको मूल्य तोलामा १० रुपैयाँ बढेको हो ।
अन्तर्राष्ट्रिय बजारमा बुधबार सुनको मूल्य प्रतिऔंस तीन हजार दुई सय ८५ अमेरिकी डलर हाराहारीमा कारोबार भई रहेको छ ।