टाटा मोटर्स जेन्युइन आयल नेपाली बजारमा «

टाटा मोटर्स जेन्युइन आयल नेपाली बजारमा

चितवन-नेपालका लागि टाटा मोटर्स जेन्युइन पार्टस्को एक मात्र आधिकारिक वितरक सिप्रदी अटोपार्टस् प्रालिले टाटाका विभिन्न कमर्सियल गाडीहरूका लागि टाटा मोटर्सको एकमात्र जेन्युइन आयल बजारमा सार्वजनिक गरेको छ । अन्तर्राष्ट्रिय बजारका लागि गरिएको औपचारिक सार्वजनिक समारोहमा नेपालभरका टाटा मोटर्स जेन्युइन पार्टस्का एक सयभन्दा बढी खुद्राबिक्रेता, च्याम्पियन जोन तथा आधिकारिक सर्भिस सेन्टरका प्रतिनिधिहरूको सहभागिता रहेको उक्त समारोहका क्रममा टाटा मोटर्स लिमिटेड, कस्टमर केयरका ग्लोबल हेड आर रामाकृष्णन, सिप्रदी ट्रेडिङ प्रालिका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ, टाटा मोटर्स लिमिटेड, स्पेयर पार्टस्का इन्टरनेसनल बिजनेस प्रमुख राकेश मित्तल, टाटा मोटर्स लिमिटेड, इन्टरनेसनल बिजनेस कस्टमर केयर प्रमुख गणेश शेट्टी, सिप्रदी ट्रेडिङ प्रालिका प्रमुख अपरेटिङ अधिकृत राजेशप्रसाद गिरी, टाटा मोटर्स लिमिटेड, स्पेयर पार्टस्का प्रबन्ध निर्देशक विशाल पटेल तथा सिप्रदी अटोपार्टस् प्रालिका प्रबन्ध निर्देशक युवराज बूढाथोकीले संयुक्त रूपमा टाटा मोटर्स जेन्युइन आयल अन्तर्राष्ट्रिय बजारमा औपचारिक रूपमा सार्वजनिक भएको घोषणा गरेका थिए ।
उक्त समारोहमा बोल्दै टाटा मोटर्स लिमिटेड, कस्टमर केयरका ग्लोबल हेड आर. रामाकृष्णनले भने, ‘टाटा मोटर्स जेन्युइन इन्जिन आयल ल्याएर हामीले ग्राहकहरूसँगको हाम्रो सम्बन्धलाई थप बिस्तार गरेका छौं ।
यी उत्पादनहरूलाई लिएर हामीले एकदमै सकारात्मक प्रतिक्रिया पाएका छौं । गाडीको अवस्था ठीक राख्न, कम इन्धन खपतका लागि र लामो ड्रेन इन्टरभलका लागि यो निकै उपयुक्त छ ।”
यस्तै, सिप्रदी ट्रेडिङ प्रालिका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले सबै सेग्मेन्टहरूमा ग्राहक पहिलो रोजाइ भन्ने हाम्रो उद्देश्यलाई पछ्याउँदै टाटा मोटर्ससँगको साझेदारीमा टाटा मोटर्स जेन्युइन आयल सार्वजनिक गर्न पाउँदा निकै खुसीको महसुस गरेको बताए । टाटा मोटर्स जेन्युइन आयल सार्वजनिक भएकाबारे बोल्दै टाटा मोटर्स लिमिटेड, स्पेयर पार्टस्का इन्टरनेसनल बिजनेस प्रमुख राकेश मित्तलले थपे, “सहज र निर्वाध यात्राको प्रत्याभूति दिनका लागि टाटा मोटर्स जेन्युइन आयल बनाइएको हो किनकि यसले टाटा मोटर्सका कमर्सियल गाडीहरूका लागि सुपेरियर मल्टीप्रपोस आयल रेन्जको रूपमा काम गर्दै गाडीहरूको कार्य क्षमता बढाउँछ ।”

प्रतिक्रिया दिनुहोस्