घट्यो सुनचाँदीको मूल्य

काठमाडौं- गएकाे आइतबार हालसम्मकै उच्च बिन्दुमा पुगेको सुनको मूल्य मंगलबार भने केही घटेको छ ।
गएकाे आइतबार प्रतितोला एक लाख ८६ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य मंगलबार तोलामा एक हजार ७ सय रुपैयाँले घटेर एक लाख ८४ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै मंगलबार चाँदी तोलामा १५ रुपैयाँले घटेर एक हजार ९ सय ४५ रुपैयाँमा कारोबार भएको छ । मंगलबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस तीन हजार २२५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।