Logo

वार्षिकोत्सवमा सिटिजन्स बैंकको छुट योजना

काठमाडाैं– सिटिजन्स बैंक इन्टरनेसनलले १८औं वार्षिकोत्सवको उपलक्ष्यमा डिजिटल बैंकिङ कारोबारमा आकर्षक छुटको योजनाहरु सार्वजनिक गरेको छ । वैशाख ७ गतेको वार्षिकोत्सवलाई मध्य नजर गर्दै बैंकले यहि वैशाख १ देखि ३१ गतेसम्म विभिन्न सेवामा छुट र क्यासब्याकलगायतका योजना सार्वजनिक गरेको हो ।

सो योजनाअन्र्तगत डेविट कार्ड प्रयोगकर्ताले पहिलो पटक पस मेसिन वा अनलाइनमार्फत एक हजार वा सो भन्दा बढीको कारोबार गर्दा १८ प्रतिशत वा बढिमा १८० रुपैयाँ क्यास ब्याक पाउने छन् । यसैगरी मोबाइल बैंकिङमार्फत क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्ने ग्राहकले ५०० वा सो भन्दा बढीको कारोबार गर्दा १८ प्रतिशत वा १८० रुपैयाँ क्यास ब्याक पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्