Logo

अत्यधिक वर्षाका कारण ब्राजिलमा १४ को मृत्यु

रियो दि जेनेरियो-ब्राजिलको दक्षिणपूर्वी क्षेत्रमा अत्यधिक वर्षाका कारण मृत्यु हुनेको संख्या १४ पुगेको छ ।
मिनास गेरैस राज्यअन्तर्गत बेलो होराइजोन्टमा उनीहरूको मृत्यु भएको नागरिक रक्षा मन्त्रालयका अधिकारीहरूले जनाएका छन् ।
उनीहरूका अनुसार अरू सात जना घाइते भएका छन् भने २५ सय ९० जना विस्थापित भएका छन् । त्यसैगरी ९ सय ११ जनालाई अस्थायी शिविरमा राखिएको छ ।
ब्राजिलको राष्ट्रिय मौसम तथा जलवायुसम्बन्धी कार्यालयले मिनास गेरैस राज्यको राजधानी बेलो होराइजोन्टमा शुक्रबारको पछिल्लो २४ घण्टामा १७१.८ मिलिमिटर बर्षा भएको जनाएको छ ।
कार्यालयका अधिकारीहरूका अनुसार विगत १ सय १० वर्षभरिमा वर्षासम्बन्धी यो विवरण अहिलेसम्मकै सबैभन्दा धेरै देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्