सिभिल बैंकको गण्डकी प्रदेश कार्यालय «

सिभिल बैंकको गण्डकी प्रदेश कार्यालय

सिभिल बैंकले आफ्नो गण्डकी प्रदेश कार्यालय तथा शिवचोक शाखा पोखरा महानगरपालिकाको शिवचोक–१० मा स्थापना गरेको छ । सो शाखाको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गरे ।
उक्त शाखाको उद्घाटन समारोहमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ, सिभिल बैंकका अध्यक्ष इ. इच्छाराज तामाङ, सञ्चालक प्रकाश तायल, प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ, गण्डकी प्रदेशअन्तर्गतका सुरक्षा निकायका प्रमुखहरूलगायत सो क्षेत्रका राजनीतिक व्यक्तित्वहरू, उद्योगी, व्यवसायी, गन्यमान्य व्यक्ति तथा सर्वसाधरणको बाक्लो उपस्थिति थियो ।
उद्घाटन कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले संघीय गणतन्त्र नेपालको अवधारणा बमोजिम सिभिल बैंकले प्रदेश कार्यालय तथा शिवचोक शाखा गण्डकी प्रदेशको पोखरा शिवचोकमा स्थापना गरी बैंकिङ कारोबार सञ्चालन गरेकोमा खुसी व्यक्त गरे ।

 

 

प्रतिक्रिया दिनुहोस्