प्रदुषरहित इटा बनाउने उपकरण हस्तान्तरण «

प्रदुषरहित इटा बनाउने उपकरण हस्तान्तरण

जापान सरकारले प्रदुषणरहित इटा उत्पादन गर्ने उपकरण हस्तान्तरण गरेको छ ।
सोमबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरेर जापानको उद्योग मन्त्रालयले सुपर इको ब्रिक इनोभेसन कम्पनीलाई प्रदुषणरहित इँटा उत्पादन गर्ने उपकरण हस्तान्तरण गरेको हो ।
नेपालका लागि जापानी राजदुतावासका सल्लाकार यूजो योसियोकाले कम्पनीका अध्यक्ष प्रकास गिरीलाई उक्त उपकरण हस्तान्तरण गरेका हुन् । भक्तपुरको चाँगुनारायण नगरपालिका बागेश्वरीमा रहेको कम्पनीले तीन वर्षअघि जापानी प्रविधिमा नेपालमै पहिलोपटक प्रदुषणरहित इटा उत्पादन सुरु गरेको थियो । तर, यसअघि चिनियाँ कम्पनीबाट ल्याइएका उपकरणले राम्रो काम नगरेपछि जापानी प्रविधिको उपकरण ल्याएको हो ।
रसायन प्रयोग गरी उत्पादन गरेको इटा प्रदुषणरहित हुनुका साथै कम खर्चालु हुने कम्पनीको दावी छ । उक्त इटा प्रयोग गर्दा धेरै खेर नजाने, प्लास्टर तथा रंङ्ग लगाउनु नपर्ने भएको कारण अन्य इटाबाट निमार्ण भएको घर भन्दा ७ प्रतिशत कम खर्च हुने कम्पनीको दावी छ ।

प्रतिक्रिया दिनुहोस्