Logo

अवस्था तनावग्रस्त बनेपछि वीरगञ्जमा कर्फ्यु

काठमाडौं- वीरगञ्जमा कर्फ्यु लगाइएको छ । अवस्था तनावग्रस्त बनेपछि अहिले जिल्ला प्रशासन कार्यलयले कर्फ्यु जारी गरेको हो ।

शनिबार दिउँसो हिन्दू र मुस्लिम समुदायबीच झडप हुँदा वीरगञ्जको अवस्था तनावग्रस्त बनेको थियो । हनुमान जयन्तीको शोभायात्रा निकाल्ने क्रममा छप्कैया चोकमा दुई समुदायबीच झडप भएको थियो ।

सोही क्रममा केही पसलहरूमा आगजनी समेत गरिएको थियो । झडपमा केही स्थानीय र प्रहरी समेत घाइते भएका छन् । झडपपछि वीरगञ्जमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्