हिमालय आँखा अस्पताललाई सिटिजन्सको सहयोग

काठमाडाैं– सिटिजन्स बैंक इन्टरनेसनलले पोखरा घारीपाटनमा अवस्थित हिमालय आँखा अस्पताललाई १० वेटिङ्ग चेयर सहयोग गरेकोे छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत अस्पताललाई सो सहयोग गरेको जनाएको छ । अस्पतालमा आयोजित एक समारोहका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सहयोग स्वरुप सामाग्रीहरु हस्तान्तरण गरे ।
प्रमुख कार्यकारी अधिकृत पोखरेलले बैंकको यो सहयोगले बिरामी र आगन्तुकलाई सहज र आरामदायक बनाउने विश्वास व्यक्त गरे । आगामी दिनमा पनि बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम सञ्चालन गर्ने बैंकले जनाएको छ ।