दुर्गा प्रसाईं जिल्ला प्रहरी कार्यालय झापाको हिरासतमा, काठमाडौं ल्याउने तयारी

काठमाडौं- दुर्गा प्रसाईंलाई जिल्ला प्रहरी कार्यालय झापाको हिरासतमा राखिएको छ । उनलाई शुक्रबार बिहान भारत आसामको गुवाहाटी हुँदै गाडीमा राखेर झापाको काँकडभिट्टा ल्याइएको थियो ।
प्रहरीका अनुसार उनलाई झापा ल्याएर जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । भारतको आसाम राज्यमा बिहीबार पक्राउ परेका प्रसाईंलाई ल्याउन नेपाल प्रहरीको विशेष ब्यूरो, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली भारत पुगेको थियो ।
उनलाई शुक्रबार नै विमानमार्फत् काठमाडौं ल्याउने तयारी छ । प्रसाईंलाई काठमाडौं ल्याएर संगठित अपराध, राज्यविरुद्धको कसुर, अपराधिक उपद्रव लगायतका अभियोगमा अनुसन्धान गर्ने प्रहरी तयारी छ । राजसंस्था पुनर्स्थापना गर्न भन्दै चैत १५ गते तीनकुने क्षेत्रमा प्रदर्शन भएको थियो । सोही दिन अपराह्नदेखि प्रसाईं फरार थिए ।