स्काइवेल किन्ने ग्राहकले युरोप भ्रमण गर्ने अवसर

काठमाडौं– स्काइवेल किन्ने ग्राहकले युरोप भ्रमण गर्ने अवसर पाउने भएका छन् । नेपाली बजारमा उपलब्ध लक्जरी एसयुभी स्काइवेल ड्राइभ गर्ने ग्राहकलाई युरोप भ्रमणमा लैजाने भएको हो ।
स्काइवेल ड्राइभ २०२५ नेपाल टु युरोप क्याम्पेनमा सहभागी भइ स्काइवेल खरिद गर्ने हरेक ग्राहकका जोडीले यो अफरअन्तर्गत युरोप भ्रमणको अवसर प्राप्त गर्नेछन् । स्काइवेल ‘विई ११’ तथा ‘स्काइवेल इटी ५’ खरिद गर्दा खरिदकर्ता जोडीलाई युरोप भ्रमणमा लगिने कम्पनीको भनाइ छ ।
युरोपेली सुरक्षा मापदण्ड अनुसार बनेको स्काइवेल विई ११ ले सिएनक्याप क्र्यास टेस्टमा फाइभ स्टार सेफ्टी रेटिङसमेत प्राप्त गर्न सफल भइसकेको छ । त्यसैगरी चीनबाट निर्मित इभीमा ईयु सर्टिफिकेसन प्राप्त गर्ने पहिलो प्रडक्ट पनि हो । अत्यन्त आरामदायी, सुरक्षित र सोलिड स्ट्रक्चरमा बनेका स्काइवेल नेपालमा उपलब्ध पहिलो र एक मात्र रियल इभी एसयुभी हो ।