इन्फिनिटी लघुवित्तको भुक्तानी ग्राहकको बैंक खातामा

काठमाडौं– इन्फिनिटी लघुवित्तले आफ्नो आन्तरिक प्रणालीमा एनसिएचएलको नेपाल पेमेन्ट इन्टरफेस (एनपिआई) जोडी डिजिटल कारोबार सुरू गरेको छ ।
यसैसँग इन्फिनिटी लघुवित्त एनपिआइमार्फत आफ्नो प्रणालीबाट कर्जाको भुक्तानी गर्ने पहिलो लघुवित्त बनेको छ । इन्फिनिटी लघुवित्तले अब एनसिएचएल–आइपिएस र आरपिएस प्रणालीहरू मार्फत आफ्ना बचत निक्षेप, कर्जाको किस्ता भुक्तानी लगायतका विभिन्न संकलनका करोबारहरू गर्न सक्नेछन् ।
साथै तलब, भेण्डर भुक्तानी, कर्जा निकासा, सरकारी राजस्व, सामाजिक सुरक्षा कोष, नागरिक लगानी कोषका भुक्तानी लगायतका विभिन्न प्रकारका भुक्तानी सम्बन्धी कारोबारहरू आफ्ना तथा लाभग्राहीहरूका बैंक खातामा सोझै गर्न सक्नेछन् । इन्फिनिटी लघुवित्तले एनपिआई मार्फत आफ्नो शाखाहरूको बैंक खातामा भएको रकम सहजै सेन्ट्रलाइज गर्न समेत सक्नेछन् ।