Logo

लुम्बिनी एनपिएस–नेसनल कार्ड स्विच तथा नेपाल पे कार्डमा आबद्ध

काठमाडौं– लुम्बिनी विकास बैंक र एनसिएचएलबीच एनपिएस–एनसिएस तथा डमेस्टिक कार्ड स्किम (नेपाल पे कार्ड) को प्रिन्सिपल मेम्बरसिपका लागि सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मी तथा एनसिएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधाले हस्ताक्षर गरे ।

एनसिएचएलले हालै एनपिएस–एनसिएसको पूर्वाधारको तयारी पूरा भएको घोषणा गर्दै बैंक वित्तीय संस्थालाई नेपालको आफ्नै डोमेस्टिक कार्ड स्किम नेपाल पे कार्ड इस्युइङ र अक्वायरिङका लागि आफ्नो स्विच इन्टिग्रेट गर्न आग्रह गरेसँगै बैंक वित्तीय संस्थाहरू एनपिएस–एनसिएस र नेपाल पे कार्डमा आबद्ध भइरहेका छन् ।

नेपाल पे पूर्वाधारको कमर्सियल रोलआउट पश्चात लुम्बिनी विकास बैंकले ग्राहकका लागि उक्त कार्ड इस्यु तथा अक्वायर गर्न सक्नेछन् । एनपिएस–एनसिएसलाई विभिन्न कार्ड स्विचबीच अन्तर्आबद्धता कायम गर्दै डोमेस्टिक कार्ड कारोबारको राउटिङ्ग र सेटलमेन्टको लागि एक सेन्ट्रल कार्ड स्विचको रूपमा स्थापना गरिँदैछ ।

प्रतिक्रिया दिनुहोस्