Logo

साढे ५ अंकले घटेको शेयर बजारमा ५ अर्ब ६३ करोड कारोबार

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५.५७ अंकले घटेर २ हजार ६ सय ७० दशमलव ७० विन्दुमा झरेको छ ।

बुधबार ४ अर्ब ४८ करोडको कारोबार भएकोमा बिहीबार ३ सय २१ वटा कम्पनीका १ करोड १३ लाख कित्ता शेयर ५ अर्ब ६३ करोड रुपैयाँमा किनबेच भएको छ ।

बिहीबार विकास बैंक, जलविद्युत्, माइक्रोफाइनान्स र म्युचल फन्ड बाहेक सबै समूहको शेयर घटेको छ । बिहीबार बोटलर्स नेपाल (बालाजु) कम्पनीको शेयर सबैभन्दा धेरै झन्डै साढे प्रतिशतले ओरालो लागेको छ ।

समग्रमा बजार घटेको दिन नेपाल माइक्रो इन्सुरेन्स र क्रेस्ट माइक्रो लाइफ इन्सुरेन्स कम्पनीको शेयर भने झन्डै १० प्रतिशतले बढेको छ ।

प्रतिक्रिया दिनुहोस्