पर्यटन बोर्डको पाचौँ सीईओमा रेग्मी «

पर्यटन बोर्डको पाचौँ सीईओमा रेग्मी

नेपाल पर्यटन वोर्डको प्रमुख कार्यकारी अधिकृतमा डा. धनञ्जय रेग्मीलाई नियुक्ति भएका छन् । नेपाल पर्यटन बोर्डको संचालक समितिको वोर्डले रेग्मीलाई वोर्डको सिइओमा नियुक्त गरेको हो ।
मंगलवार मध्याह्न्न बसेको संचालक समितिको बैठकले रेग्मीलाई नियूक्त गरेको बोर्डका अध्यक्ष केदारबहादुर अधिकारीले बताए । संस्कृति पर्यटन तथा नागरिक उड्डयन सचिब नै वोर्डको अध्यक्ष रहन व्यावस्था रहेको छ । सचिव अधिकारीले छनोट उप–समितिले सिफारिस गरेको ३ जना मध्यबाट रेग्मीलाई वार्डको सिइओमा नियूक्त गरेको बताए ।
छनोट उप–समितिमा पर्यटन मन्त्रायलका सह–सचिब घनश्याम उपाध्याय,निजी क्षेत्रको तर्फबाट कृष्णबहादुर महरा,विप्लव पौडेल रहेका थिए । वोर्डमा मन्त्रालयका सचिव अध्यक्ष सरकारी क्षेत्रबाट ५ र नीजि क्षेत्रबाट ५सदस्य रहने व्यावस्था रहेको छ । कुल १० जना रहने वार्डमा सबै सदस्यको उपस्थिती रहेको थियो । वार्डमा अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेल,नागरिक उड्डयन प्राधिकरणका महानिर्देश राजन पोखरेल,अर्थ मन्त्रालयका सह–सचिब उत्तरकुमार खत्री,वन्यजन्तु तथा राष्ट्रिय निकुञ्जका विभागका महानिर्देक गोपालप्रसाद भट्टराई पोखरेल रहेका थिए । निजी क्षेबाट अवदेशकुमार दास,दीपक महत,पम्फा धमला,विप्लव पौडेल,कृष्णबहादुर महरा सदस्य रहेका छन् ।
रेग्मीलाई ४ वर्षे कार्यकालको लागि वोर्डको नेर्तत्व समाल्ने अवसर प्राप्त भएको छ । कारेवार दैनिक सँग कुरा गदैं रेग्मीले दीगो पर्यटनको विकासमा आफ्नो कार्यकाल केन्दीत रहने बताउदैं सिइओ रेग्मीले नेपालको पर्यटन उद्योगको आम्दानीले नेपालको विकासमा समानान्तर वितरण हुने गरि काम गर्ने योजना रहेको रेग्मीले बताए ।उनले भने,“नेपालको पर्यटन क्षेत्रको विकासको लागि अध्ययन अनुसन्धान गरेर विश्वमा प्रचार प्रसार गदैं नेपालका पर्यटकको संख्यामा बृद्धि गर्ने मात्र नभएर गुणस्तिरिय पर्यटक भित्रायाउनको लागि आप्mनो कार्यकाल केन्द्रीत हुने बताए ।” नेपालको पर्यटन क्षेत्रमा प्रयाप्त संम्भावना रहेकोले गर्दा प्रचार प्रसारलाई तिव्रता दिदैं नयाँ गन्तव्य विस्तार गर्ने योजना रेग्मीको रहेको छ । स्याङजा पुतलीबजारका स्थाई बासिन्दा रेग्मीले भूगर्भ तथा हिमनदीका विषयका ज्ञायाता हुन् ।रेग्मीले जापानको होक्काइदो विश्वविद्यालयबाट सन् २००६ मा इन्भाइरोमेन्टल अर्थ साइन्समा विद्यावारिधि गरेका छन् ।
पुष ८ गते निर्वमान सिइओ दीपकराज जोशीको कार्यकाल सकिएको थियो । मंसिर १८ गते १५ दिनमो सुचना प्रकासित गरि दरखास्त माग गरेका थियो,भने निवर्तमान सिइओ जोशी हित १७ जनाले दरखास्त हालेको थियो ।
पदपूर्ती उपसमितीले १७ बाट निवर्तमान सिइओ जोशी सहित निर्देशक दोय काशीराज भण्डारी,हितमत सिंह ऐर सहित ९ जनाको नाम सर्ट लिस्ट गरेको थियो। माघ २ र ३ गते व्यावसायीक योजना हित अन्तरवार्त लिएको थियो ।
उपसिमतीले माघ ५ गते रेग्मी सहित दीपक बस्ताकोटी, हिकमत सिंह ऐरको नाम सिफारिस गरेको थियो । मंगलबार बसेको वोर्डको १० सदस्य पूर्ण बैंठकले रग्मीलाई सिइओमा नियूत गरेको हो ।

 

प्रतिक्रिया दिनुहोस्