Logo

फोन पोइन्ट्स र आइएमएस सफ्टवेयरबीच साझेदारी

काठमाडौं– फोन पोइन्ट्स र आइएमएस सफ्टवेयरबीच साझेदारी भएको छ । फोनपोइन्ट्स र आइएमएस सफ्टवेयर बीचको सहकार्यले २० हजारभन्दा बढी मर्चेन्ट काउन्टरहरूमा सहज र छिटो छुट प्रक्रिया सुरू गरेको छ । यस साझेदारीको मुख्य उद्देश्य ग्राहकलाई सरल, सहज र निरन्तर अनुभव प्रदान गर्नु हो ।

जहाँ अब छुट प्राप्त गर्न कुनै म्यानुअल भेरिफिकेसनको आवश्यकता नपर्ने कम्पनीको भनाइ छ । एउटा कोड देखाएर तुरुन्तै बिलमा छुट हुनेछ । सुरुवाती छुट अफरहरूमा सेल्सवेरीका सातदोबाटो, मुलपानी, महाराजगञ्ज, सितापाइला, बत्तिसपुतली, चिप्लेढुंगा शाखामा दुई सय रूपैयाँ छुट, बाल्ट्राका सबै उत्पादनमा १२ प्रतिशत छुट पाइनेछ ।

यस्तै, पिज्जा वल्र्ड, पिज्जा प्लानेट, क्याफेफिलिया, बोधी बुक्स लगायतमा १५ प्रतिशत छुट पाइने बताइएको छ । कम्पनीका अनुसार भविष्यमा आइएमएस सफ्टवेयरमा थप मर्चेन्टलाई समावेश गर्दै फोनपोइन्ट्स प्रयोगकर्तालाई अझ व्यापक र सुविधाजनक छुट सुविधा उपलब्ध गराइनेछ ।

प्रतिक्रिया दिनुहोस्