मिराया वेलनेस रिसोर्टमा नयाँ वर्ष अफर

काठमाडौं– नयाँ वर्ष २०८२ का अवसरमा मिराया वेलनेस एण्ड गल्फ रिसोर्टले सांस्कृतिक कार्यक्रम तथा विशेष अफरसहितको छुट प्याकेज ल्याएको छ । यही आइतबार साँझ नवलपरासीको देवचुलीस्थित मिरायामा विषेश अफर सहितको नयाँ वर्ष साँस्कृतिक साँझु कार्यक्रम आयोजना हुने होटलले जनाएको छ । मिराया वेलनेस एण्ड गल्फ रिसोर्ट सीजी हस्पिटालिटी अन्तर्गत नवलपरासीमा सञ्चालनमा छ ।
साँस्कृतिक साँझमा थारू समुदायको परम्परागत संगीत, रंगीन नृत्य र सांस्कृतिक झाँकीहरू प्रस्तुत गरिनेछन् । अतिथिलाई डिनरअघि स्वादिला स्न्याक्स र आकर्षक सांस्कृतिक प्रस्तुति मार्फत स्वागत गरिनेछ भने साँझको मुख्य आकर्षणको रूपमा थारू परिकार र बीबीक्यू सहितको बफे डिनरको व्यवस्था गरिएको छ । मिरायाले ल्याएको नयाँ वर्ष लक्षित प्याकेजमा प्रति व्यक्ति ९ हजार ९ सय ९९ रुपैयाँमा कम्तीमा दुई जनाका लागि यो प्याकेज उपलब्ध छ ।
यसमा सांस्कृतिक कार्यक्रम, डिनरअघि स्न्याक्स, बफे डिनर, एक रातको लक्जरी बसोबास र भोलिपल्टको ब्रेकफास्ट समावेश छ । ४ देखि १२ वर्षका बालबालिकाका लागि थप ४ हजार लाग्नेछ भने ४ वर्षमुनिका बालबालिकाले आमाबुबासँग कोठा साझा गरेमा निःशुल्क बस्न सक्ने सुविधा दिइएको छ । यस्तै डिनर मात्र लिए प्रति व्यक्ति ६ हजार ५ सय तोकिएको छ, जुन सांस्कृतिक प्रस्तुति र बफे डिनरसहितको हो।