एसियन लाइफ इन्स्योरेन्स जुम्लामा

एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको २६ औं शाखा जुम्लामा विस्तार भएको छ । सक्षम बिमाको सहज पहुँच पुराउनका लागि बिमा कम्पनीको शाखा विस्तार गरिएको हो । विभिन्न अध्ययनकापश्चात् कर्णाली प्रदेशको जुम्ला शाखा विस्तार गरी सेवा प्रवाह भएको कर्णाली प्रदेश एसियन लाइफ इन्स्योरेन्स बिमा कम्पनीका प्रमुख विजयराज पराजुलीले बताए । उनले भने, हरेक नागरिकहरूले भविष्यको सुरक्षाका लागि अनिवार्य बिमा गर्नुपर्छ ।
विभिन्न बिमा कम्पन्नीले स्थानीयहरूमा फैलाएको अविश्वासलाई एसियन लाइभ बिमा कम्पन्नीले पूर्ण रूपमा कम गर्दै आफ्नो लक्ष्य अनुसारका नागरिकलाई बिमाको पहुँचमा ल्याउने उनको भनाइ छ ।
सबैमा बिमा संस्थानहरू नाफामुखी हुन्छन् भन्ने पनि शंका छ । उनले थपे, अब एसियन लाइफ इन्स्योरेन्स कम्पनीले नाफामुखी नभई सेवामुखी भएर नागरिक मन जित्ने बताए । जिल्लामा रहेका विभिन्न बिमा कम्पन्नीभन्दा यस बिमा कम्पन्नीलाई किन विश्वास गर्ने ?
भन्ने प्रश्नमा उनले भने, एसियन लाइफ इन्स्योरेन्स कम्पनीको हाल ४ लाख सेयर होल्डर छन्, १२ अर्ब पुजी छ, भने ११ अर्ब मात्रै लगानीमा छ । बिना सेवा र विश्साका कारण चल्दैन, यस अधिका २५ शखाका गरी लाखौंको संख्यामा बिमित छन् । त्यसैले पनि हामी अभल र विश्वसनीय रहेको दाबी गरे ।
कर्णालीमा सेवा विस्तारको योजना
अब को केही समयमै एसियन लाइफ इन्स्योरेन्स कम्पनीले कर्णालीका चार जिल्लामा पनि आफ्नो सेवा विस्तार गर्ने योजना राखेको प्रमुख पराजुलीले बताए । पहिले सुर्खेतबाट पाइने बिमाको सेवा अब जुम्लाबाट पाइनेछ ।
छिट्टै कर्णालीका प्रत्यक जिल्लामा हामी पुग्छौ र सेवा विस्तार गर्छौ भन्दै तत्काल जुम्ला सिंजालगायतका क्षेत्रमा उपशाखा विस्तार गरेर अगाडि बढ्ने लक्ष्य रहेको प्रमुख पराजुलीको तर्क छ । प्रमुख पराजुलीले निकट समयमा नै जुम्लाको सिंजा क्षेत्रदेखि कर्णाली क्षेत्रमा अनलाइन सेवासहितको उपशाखा स्थापना गर्नुका साथै गाउँबस्तीमा जीवन बिमाको जनचेतनासहित अन्तक्र्रिया कार्यक्रम गर्ने र न्यून आयस्तर भएका व्यक्तिहरूलाई समेटेर लैजाने बताए । बिमा कम्पन्नीको मुख्य उद्देश्यनै निन्न आयस्तरका नागरिलाई समेटी आत्मनिर्भर बनाउने छ ।
प्रचारमा जोड दिने सुझाव
एसियन लाइफ इन्स्योरेन्स कम्पनी गरी जुम्लामा झन्डै ६ बढी बिमा कम्पन्नी जुम्लामा छन् । तर, प्रचार–प्रचारको अभावमा कुनै बिमा कम्पन्नीले लक्ष्यअनुसार काम गर्न सकेको अवस्था छैन ।
चन्दननाथ नगरपालिका–५ का अध्यक्ष अर्जुन कठायतले भने, बिमा कम्पन्नी जुम्लामा आउनु राम्रो कुरो हो । तर, निन्न आयस्त भएकालाई लाभाव्नित गर्न प्रचार प्रसारमा जोड दिन सुझाव दिए ।
गाउँ–गाउँमा गएर बिमाको बारेमा नागरिकलाई सचेतीकरण गर्ने लगायतका कार्यक्रम गर्न र रेडियो पत्रपत्रिकाबाट यसका विभिन्न विषयवस्तुबारे जानकारी गराउन पनि आग्रह गरे । जुम्लामा मात्रै १० हजार बढी बिमित पु¥याउने लक्ष्य रहेको एशियन लाइफ इन्स्योरेन्स कम्पनी शाखा जुम्लाले जनाएको छ ।
–सागर परियार