Logo

हिमाल आरोहीलाई पञ्चकन्या समूहको सहयोग

काठमाडौं– साहसिक कार्य गर्ने प्रयासलाई सशक्त बनाउने प्रतिबद्धताको एक हिस्साको रूपमा पञ्चकन्या समूहले कविता नेपालीलाई एभरेस्ट र लोत्से हिमालको आरोहणमा आर्थिक सहयोग गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत पञ्चकन्या समुहले नेपालीको मिसनमा हातेमालो गर्ने गरी आर्थिक सहयोग गरेको छ ।

यो सामाजिक कार्यमा गरेको सहयोग, उनलाई एक कलाकारको रूपमा मात्र नभई बहुआयामिक प्रतिभा र राष्ट्रिय गौरवको प्रतीकको रूपमा गरेको कम्पनीका प्रबन्ध निर्देशक प्रदिपकुमार श्रेष्ठले बताए । सन् २०१८ मा बुगी वुगी इन्टरनेसनल नृत्य प्रतियोगिता तथा चिनियाँ मार्सल आर्टमा समेत अब्बल भई सफलता हासिल गरिसकेको अनुभवलाई शिरोपर गर्दै कविताले अब हिमालयमा एउटा पुस्ताको आशा र नेपाली महिलाको स्थायी शक्तिलाई लिएर जाने विश्वास लिएको कम्पनीले जनाएको छ ।

यो साझेदारीले पञ्चकन्या समुहले लामो समयदेखि विभिन्न विशिष्ट क्षेत्रमा नयाँ उचाइ चुम्न प्रयासरत नेपाली महिलालाई सहयोग गर्ने परम्पराको निरन्तरता दिएको जनाएको छ । यस समुहले सन् २०१३ मा माउन्ट किलिमान्जारोमा आरोहण गर्ने सेभेन समिट्स महिला टोलीको समूहलाई कम्पनीको ४०औं वार्षिकोत्सवको अवसरमा सार्वजनिक ब्यानर सो हिमालको चुचुरोमा पुर्‍याएको थियो ।

यहि सिलशिलामा एभरेष्ट आरोहण गर्ने अठोट राखेका साहसी नेपाली महिला निशा अधिकारी, डा. प्रिति भुसाल तथा व्यावसायिक पत्रकारिता गर्ने हिम्मतिला पाँच नेपाली महिला पत्रकारले नेपाललाई विश्व मञ्चमा प्रतिनिधित्व गर्दै नेपालको गौरव राख्न भूमिका खलेका छन् ।

प्रतिक्रिया दिनुहोस्