Logo

कुलमानको पुनर्बहाली माग गर्दै प्रदर्शन

काठमाडौं- नेपाल विद्यु्त प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई पुनर्बहालीको माग गर्दै प्रदर्शन भएको छ ।

घिसिङलाई अपमानित ढंगले बर्खास्त गरिएको भन्दै सरकारको उक्त निर्णयविरुद्ध आइतबार माइतीघर मण्डलामा प्रदर्शन भएको हो । कुलमान घिसिङ पुनर्बहाली संयुक्त आन्दोलन परिचालन समितिको अगुवाइमा विरोध प्रदर्शन भएको हो ।

विरोध प्रदर्शनमा सहभागीहरूले ‘प्राधिकरणमाथिको राजनीति बन्द गर, ‘देशको शान कुलमान घिसिङ’, लगायतका प्लेकार्ड बोकेका थिए भने ‘उज्यालो नेपालका नायक कुलमान घिसिङ’ टिसर्ट लगाएका थिए । उनीहरू तामाङ पोशास, नेवारी पोशाक, डम्फू र झाक्रीको पोशाकमा प्रदर्शनमा उत्रिएका थिए ।

प्रतिक्रिया दिनुहोस्