Logo

औद्योगिक वातावरण बिग्रिनुमा केन्द्र सरकार दोषी

बारा– औद्योगिक वातावरण बिग्रिनुमा केन्द्र सरकार दोषी रहेको व्यवसायीहरुले बताएका छन् । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित संसदीय समितिसँग बारा–पर्सा औद्योगिक करिडोरका व्यवसायीको छलफलमा उनीहरुले त्यस्तो बताएका हुन् ।

स्थानीय सरोकारवालाहरु र समितिबीच उद्योग क्षेत्रका समस्या एवं चुनौतीको विषयमा गरिएको छलफलमा प्रतिनिधि सभा सदस्य कृष्णकुमार श्रेष्ठको संयोजकत्वमा आएका समितिका सासदहरुसँग सरोकारवालाहरुले केन्द्र सरकारले शासन विकेन्द्रीकरणको सिद्धान्तमा जान नदिई केन्द्रमै नियम कानुन कब्जामा राख्दा औद्योगिक वातावरण बन्न नसकेको आरोप लगाएका हुन् ।

औद्योगिक प्रदूषण, स्थानीय रोजगारी, श्रमिकलाई सरकारले तोकेअनुसारको सेवा सुविधा, सार्वजनिक जग्गा उद्योगद्वारा अतिक्रमण जस्ता कारणले औद्योगिक बिबाद हुने गरेको जितपुर सिमरा उपमहानगरका प्रवक्ता तथा सिमरा सेज– ४ का अध्यक्ष ईश्वर केसीले बताए ।

प्रतिक्रिया दिनुहोस्