Logo

भैरहवामा एमजी एस–५ इभिको बिक्री सुरु

भैरहवा– मोरिस एण्ड ग्यारिज (एमजी)को एस–५ इलेक्ट्रिक कारको बिक्री भैरहवामा सुरु भएको छ । भैरहवा र यस आसपासको क्षेत्रका लागि आधिकारिक बिक्रेता थ्रिएचएल कम्पनीले कारको बिक्री सुरु गरेको हो ।

सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष नेत्रप्रसाद आचार्य र कम्पनीका प्रबन्ध निर्देशक हरिबहादुर थापाले कार बिक्री शुभारम्भ गरे । ब्याट्री टिकाउ, राम्रो, आरामदायी र ग्राउण्ड क्लिरियन्स पनि राम्रो भएकाले एमजी एस–५ इभीप्रति सबैको आकर्षण बढीरहेको कम्पनीको भनाइ छ । कार बिक्री शुभारम्भको अवसरमा ५० हजार छुट दिइएको कम्पनीले जनाएको छ ।

लन्चिङको अवसरमा सिद्धार्थ उद्योग वाणिज्य संघका कोषाध्यक्ष कमलप्रसाद मरासिनीले उक्त कार खरिद समेत गरेका छन् । नेपालका लागि आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सले नेपालमा यो कारको बिक्री निकै राम्रो भएको जनाएको छ । ४३ लाख ९९ हजार पर्ने कारको सबै सहरमा सर्भिस सेन्टर रहेको कम्पनीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्