‘गुराँसहरू पलाँसहरू’ बजारमा «

‘गुराँसहरू पलाँसहरू’ बजारमा

राग रागिनी इण्टरटेन्टमेन्टको आयोजनामा सुशील चालिसेको मुक्तक संग्रह “गुराँसहरु पलाँसहरु” शनिबार एक समारोहका बीच काठमाडौँमा लोकार्पण गरियो । प्रमुख अतिथि साहित्य, कला संस्कृतिविद् एवं मुक्तककार चेतन कार्कीेले पुस्तक विमोचन गर्दै मुक्तककार सुशील चालिसेको मुक्तक विधामा भविष्य उज्वल रहेको बताए ।
पुस्तकको समीक्षा गर्दै प्रा.डा. सनतकुमार वस्तीले मुक्तक विधा हेर्दा सरल भएपनि लेखनको हिसाबले अति कठिन भएको बताए । उनले पुस्तकको समिक्षाका क्रममा मस्तिष्कबाट भन्दा हृदयबाट लेखिएका रचनाहरु उत्कृष्ठ हुने र सुशीलको लेखाइमा सम्भावनाहरु प्रशस्त रहेको बताए । साथै लेखाइको विषय चयनमा विविधता ल्याउनुपर्ने सुझाव उनले दिए । गीतकार सुवासचन्द्र ढुंगेलले मुक्तककारको सकारात्मक सोच लेखाइमा पनि प्रतिबिम्बित भएको बताए । मुक्तककार सुशील चालिसेले दशकौंदेखिका आफ्ना मुक्तकहरुलाई पुस्तकको रुपमा प्रस्तुत गर्न पाउँदा खुसी व्यक्त गरे । राग रागिनी इण्टरटेन्टमेन्टका कार्यवाहक अध्यक्ष अल्बर्ट बज्राचार्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा मोडर्न बोर्डिङ माध्यमिक विद्यालय तथा यूनिभर्सल मोडर्न कलेजका प्राचार्य अनिल कसपालले आफ्नो स्वागत मन्तव्यका क्रममा विदेशमा बसेर पनि नेपाली भाषामा आफ्ना रचनालाई पुस्तकका रुपमा प्रस्तुत गर्नु आफ्नो देशप्रतिको माया भएको बताए ।

प्रतिक्रिया दिनुहोस्