Logo

रवि र छविलाललाई थुनामा पठाउन आदेश

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई उच्च अदालत तुलसीपुरको बुटवल इजलासले थुनामा पठाउने आदेश गरेको छ ।

जिल्ला अदालत रुपन्देहीको आदेश बदर गर्दै बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधसम्बन्धी कसुरमा लामिछानेलाई शुक्रबार उच्च अदालतले थुनामा पठाउने आदेश गरेको हो ।

अदालतका रजिष्ट्रार हरि गोपाल ज्ञवालीका अनुसार उच्च अदालत तुलसीपुरको बुटवल एजलासका न्यायाधिश रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले उक्त आदेश दिएको हो ।

यस्तै, सोही इजलासले पूर्वडीआईजी छविलाल जोशीलाई पनि थुनामा पठाउने आदेश गरेको छ । सहकारी ठगी र संगठित अपराधको मुद्दामा यसअघि जिल्ला अदालत रुपन्देहीले जोशीलाई थुनामा पठाउने आदेश गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्