गरिमा विकास बैंकका ग्राहकलाई दराजमा १५ प्रतिशतसम्म छुट

काठमाडौं- गरिमा विकास बैंक लिमिटेड र दराजबीच सम्झौता भएको छ । नयाँ वर्ष २०८२ लाई मध्यनजरमा राख्दै यस बैंकका डेबिट/क्रेडिट कार्ड प्रयोग गरी ग्राहकहरुले दराजबाट सामान खरिद गर्दा १५ प्रतिशतसम्म छुट प्रदान गर्ने सम्झौता भएको हो ।
यस छुट योजना अन्तर्गत विकास बैंकका क्रेडिट कार्डहोल्डर ग्राहकहरुले दराजको बेवसाईट वा मोबाईल एपमार्फत कुनै पनि सामान खरिद गर्दा १५ प्रतिशत वा अधिकतम ७ सय ५० रुपैयाँसम्म र डेविट कार्ड होल्डर ग्राहकहरुले १० प्रतिशत वा अधिकतम ५ सय रुपैयाँसम्म छुट प्राप्त गर्नेछन् ।
छुट योजना यही चैत्र २२ देखि सुरु भई ३१ गतेसम्म लागू हुनेछ । गरिमा विकास बैंकका कार्डहोल्डर ग्राहकहरुले यस योजना सुरु भएपश्चात दराजको बेवसाईट वा मोबाइल एपमा उपलब्ध हुने यस विकास बैंकको नाँउको भौचर संकलन गरी छुट प्राप्त गर्न सक्नेछन् ।