बसरुद्दीन अन्सारीको घरमा शंकास्पद वस्तु फेला «

बसरुद्दीन अन्सारीको घरमा शंकास्पद वस्तु फेला

वीरगन्ज- नेशनल मेडिकल कलेज वीरगन्जका सन्चालक बसरुद्धिन अन्सारीको घर अगाडि शंकास्पद बस्तु भेटिएको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर ८ पानीटंकी गल्लीमा रहेको अन्सारीको घरको मुल गेटमै सोमबार बिहान बम जस्तो देखिने शंकास्पद वस्तु भेटिएको हो । नेकपाको जिल्ला कमिटि सदस्य तथा नेपाल निजी मेडिकल कलेज एशोसिएसनका अध्यक्ष समेत रहेका अन्सारीको घरको गेटमै कालो रंगको झोला फेला परेको प्रहरीले जनाएको छ ।
अपरिचित व्यक्तिले राखेर गएको झोला भित्र प्रेस कुुकर बम रहेको आशंका गरिएको छ । गेटमै एकाबिहानै झोला सहितको शंकास्पद वस्तु देखेर अन्सारीले नै प्रहरीलाइ खबर गरेपछि जिल्ला प्रहरी कार्यालय पर्साबाट गएको प्रहरीको टोलीले शंकास्पद झोला भेटिएको स्थानलाइ नियन्त्रणमा लिएको प्रहरी नायव उपरिक्षक गौतम थापाले बताए । झोला भित्र बम रहेको आशंका रहेकाले निष्क्रिय गर्न लागि नजिकै रहेको नेपाली सेनाको व्यारेकबाट बम डिस्पोजल टोलीलाई बोलाईएको छ । टोलीले अनुसन्धान गरिरहेको प्रहरी नायव उपरिक्षक थापाले जानकारी दिए । अन्सारीको घर अगाडि नै रहेको डेसीमल कलेजको सीसीटिभी क्यामेरामा रेकर्ड भएको श्रव्यदृश्यमा बिहान २ बजे तिर एकजना अपरिचित व्यक्तिले अन्सारीको घरको गेट अगाडी झोला राखेर गएको देखिएको प्रहरी नायव उपरीक्षक थापाले बताए ।
घटनाको विषयमा थप अनुसन्धान भईरहेको उनले बताए।

 

प्रतिक्रिया दिनुहोस्