मुक्तिनाथ विकास बैंक र साउथवेस्ट्रन विजनेश कलेजबीच सम्झौता

काठमाडौं- मुक्तिनाथ विकास बैंक र साउथवेस्ट्रन विजनेश कलेजबीच बैंकिङ साक्षरता र व्यवसाय आदनप्रदान गर्ने उद्देश्यले सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
यस सम्झौता अनुसार, बैंकले कलेजका विद्यार्थीहरूलाई बैंकिङ साक्षरता कार्यक्रम प्रदान गर्नेछ, जसद्वारा विद्यार्थीहरूले आधुनिक बैंकिङ प्रणाली, वित्तीय योजना र लगानीका बारेमा ज्ञान प्राप्त गर्न सक्नेछन् ।
साथै, बैंकले योग्य विद्यार्थीहरूलाई इन्टर्नशिप र प्रशिक्षणको सुविधा पनि उपलब्ध गराउनेछ । जसले गर्दा कलेजका विद्यार्थीहरूको क्षमता विकास गर्ने, वित्तीय जागरण तथा विद्युतीय कारोबार को जोखिमको बारेमा सचेतना बढाउने र रोजगारीको अवसर समेत प्राप्त गर्न सकिनेछ ।
यस सम्झौताले बैंक र कलेजबीच दीर्घकालीन सहकार्यको सुरुवात गरेको छ, जसले गर्दा विद्यार्थीहरूले व्यावहारिक ज्ञान र रोजगारीको अवसर प्राप्त गर्न सक्नेछन् ।