Logo

विन नेपाल लघुवित्तले निष्काशन गर्‍यो एफपीओ

काठमाडौं– विन नेपाल लघुवित्तले फर्दर पब्लिक अफरिङ (एफपीओ) निष्काशन गरेको छ । कम्पनीले एक सय रुपैयाँ अंकित दरमा ५१ हजार २९२ कित्ता सेयर बिहीबारबाट निष्काशनमा ल्याएको हो । कम्पनीको जारी पुँजी ८ करोड ४३ लाख रुपैयाँ र चुक्ता पुँजी ७ करोड ९२ लाख रुपैयाँ छ ।

बिहीबारबाट आवेदन दिन सकिने गरी निष्काशनमा ल्याएको एफपीओमा आवेदकले चैत २६ गतेसम्म सेयर भर्न पाउनेछन् । उक्त अवधिमा माग गरिएबमोजिम आवेदन नपरेमा कम्पनीले ढिलोमा वैशाख ४ गतेसम्म आवेदन खुला राख्नेछ ।

लगानीका हिसाबले कम्पनीलाई रेटिङ कम्पनी केयर रेटिङले एकल बी रेटिङ दिएको छ । यसले कम्पनीको वित्तीय दायित्व वहन गर्ने क्षमतामा बढी जोखिम रहेको भन्ने जनाउँछ ।

प्रतिक्रिया दिनुहोस्