Logo

कुमारी बैंकले मनायो २४ औं वार्षिकोत्सव

फाइल तस्बिर ।

काठमाडौं– कुमारी बैंकले विभिन्न कार्यक्रमहरु आयोजना गरी २४ औं वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवको अवसरमा बैंकले कर्मचारीलाई आ–आफ्नो परम्परा र सांस्कृतिको महत्त्व दर्शाउन ‘परम्परागत भेषभुषा’ पहिरन प्रोत्साहित गरेको छ ।

यस कार्यक्रमले कर्मचारीहरूलाई आफ्नो परम्परागत पृष्ठभूमिको प्रतिनिधित्व गर्ने पोशाक मार्फत सांस्कृतिक पहिचान तथा सम्बर्धन गर्न मद्दत पुर्‍याएको बैंकले विश्वास लिएको छ । बैंकले वार्षिकोत्सवको अवसरमा विभिन्न स्थानहरुबाट रक्तदान कार्यक्रम आयोजना समेत गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्