रारामा घोडा व्यवसायीहरू आकर्षित

नेपालकै महत्वपूर्ण पर्यटकीय केन्द्र रारा तालमा पछिल्लो समयमा आन्तरिक तथा बाह्य पर्यटकहरूको आकर्षण बढेपछि रारा ताल वरिपरि घुमफिर गर्न घोडाबाट सहज हुर्ने भएको हुँदा रारा तालको छेउछाउका बस्तीका मानिसहरू हिजो आज घोडा व्यवसाय आकर्षित देखिएका छन् ।
रारा तालसम्म सडक सन्जाल नजोडिएको हुदा रारा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरूलाई रारा ताल, मुर्मा टपसम्म घुम्न मनोरन्जन गर्न सहजका लागि छायानाथ रारा नगरपालिका–८ झ्यारी, ९ मुर्मा गाउँका स्थानीयहरूले प्रत्यक घर–घरमा घोडा पालेका छन् । बिहान ६ बजेदेखि बेलुका ५ बजेसम्म यहाँका स्थानीयबासीहरू पर्यटकहरूलाई घुमाउनका लागि घोडासहित पर्यटकको पर्खाइमा हुन्छन् ।
ताल्चा एयरपोटदेखि रारा तालको हुटु ब्यारेकसम्म, २ हजारदेखि २५ सयसम्म र हुटु ब्यारेकदेखि मुर्मा टपसम्म २ हजार, रारा तालको वरिपरि घोडाबाट घुमाएपछि २५ सय घोडा चडेको सेवा शुल्क प्रत्येक घोडाको लिने गरेका छन् ।
पछिल्लो समयमा मुगुसम्म राष्ट्रिय सडक सन्जाल जोडिएको नेपालगन्ज–सुखर्तेबाट गाडीमा जाँदा २ दिनमा रारा पुग्न सकिन्छ भर्ने मुगुको एक मात्र हवाई एयरपोट ताल्चा बिमान स्थाल कालोपत्र भएपछि नेपालगन्जबाट रारा ताल्चासम्म ४५ मिर्नेट, सुर्खेतबाट रारा ताल्चासम्म ३५ मिनेट समय लाग्र्ने भएको हुँदा रारा तालमा आन्तरिक तथा बाह्य पर्यटकहरूको दिन प्रतिदिन घुइँचो लाग्ने गरेको छ ।
छायानाथ रारा नगरपालिका–८ झ्यारी गाउँका स्थानीय घोडा व्यावसाय हरि रावल भन्छन्– दिनमा ४/५ हजार रुपैयाँदेखि माथि कमाउन सकिन्छ बढी पर्यटकहरू आएको दिनमा प्रत्येका महिनामा मासिक ३० हजारदेखि ४० हजारसम्म रुपैयाँ कमाउन सकिन्छ ।
तर, घोडालाई दान घाँस, आफ्नो खर्च छुट्याएर मासिक २०/२५ हजार रुपैयाँ बचत गर्न सकिने समेत बताएका छन् । बाह्य देशबाट २ सय ५० जति पर्यटन र आन्तरिक पर्यटकहरू ८ हजारभन्दा बढी पर्यटकहरू रारा आएको र विदेशी पर्यटकहरूको अभिलेख राखेको र आन्तरिक पर्यटकहरूको कुनै पनि अभिलेख नभएको रारा राष्ट्रिय निकुञ्जको कार्यालयले बताएको छ ।
–दानबहादुर बुढा