Logo

महालक्ष्मी विकास बैंक अन्तराष्ट्रिय अवार्डबाट सम्मानित

काठमाडौं- महालक्ष्मी विकास बैंक भारतको प्रतिष्ठित म्यागजिन ”विजनेश कनेक्ट” द्वारा ग्राहक केन्द्रित बैंकको अन्तराष्ट्रिय अवार्डबाट सम्मानित भएको छ ।

निरन्तर रुपमा ग्राहक सेवालाई विशिष्टीकृत गर्दै लगेको, ग्राहक सन्तुष्टिलाई पहिलो प्राथमिकतामा राखेको, ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज बैंकिङ सुविधा उपलब्ध गराएको तथा ग्राहकहरुलाई सुरक्षित र अत्याधुनिक डिजिटल सुविधाहरु उपलब्ध गराउन बैंकले निर्वाह गरेको भूमिकाको मूल्यांकन गर्दै उक्त म्यागजिनले सम्मान गरेको हो ।

विजनेश कनेक्ट म्यागजिन व्यवसायसँग सम्बन्धित विभिन्न नवप्रवर्तनशील विचारहरु तथा प्रभावशाली व्यवसायिक व्यक्ति तथा संस्थाहरुको कभर स्टोरीहरुलाई प्राथिमकताका साथ प्रकाशन गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्