Logo

सिटिजन्स बैंकद्वारा बेबी लाइफ होमलाई सहयोग

काठमाडौं- सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले करिब डेढ दशकदेखि एच.आई.भी संक्रमित अबोध बालबालिकालाई लालनपालन, स्वास्थ्य उपचार, शिक्षा, मनोरञ्जन प्रदान गर्दै आएको बेबी लाइफ होमलाई आर्थिक सहयोग स्वरुप दुई लाख प्रदान गरेको छ ।

बैंकले आफ्नो १८औं वार्षिक उत्सव आउँदो वैशाख ७ गते मनाउँदै छ । सोही उपलक्ष्यमा बैंकले यस संस्थालाई आर्थिक सहयोग प्रदान गरेको हो । बेबी लाईफ होममा हाल २७ जना एच.आई.भी संक्रमित बालबालिका आश्रित रहेका छन् ।

विशेष गरी विपन्न समुदायमा जन्मेका एच.आई.भी पोजिटिभ भएका बालबालिकालाई शिक्षा प्राप्त गर्ने आधारभूत अधिकार प्रदान गर्न संस्थालाई निकै कठिन चुनौतीहरूको सामना गर्नुपर्ने हुँदा संचालनमा केही सहजता होस भन्ने हेतुले बैंकले एक समारोहका बीच दुई लाख रुपैयाँको चेक संस्थाका संचालक राजकुमार पुनलाई हस्तान्तरण गरेको हो । उक्त रकम बालबालिकाको खानपान, शिक्षा र स्वास्थोपचारमा खर्च गर्ने कुरा पुनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्