सामुदायिक वन फडानी तीव्र सरोकारवाला निकाय मौन «

सामुदायिक वन फडानी तीव्र सरोकारवाला निकाय मौन

मुगु- छायाँनाथ रारा नगरपालिका–१४ मा रहेको चंंखेली र मिनडाँडा सामुदायिक वन तीव्र रूपमा फडानी हुँदा पनि सरोकारवाला निकाय मौन बसेको छ ।
बाम, फैपाटा, दर्खे, नार्फालगायतका बस्तीमा बस्ने ३ सयभन्दा बढी घर परिवारले प्र्रयोग गर्दै आइरहेको मिनडाँडा सामुदायिक वन र चंंखेली सामुदायिक वनमा पछिल्ला केही दिनमा स्याउ उत्पादन बगैंचा, अन्नखेती गर्ने जग्गा बनाउने र नयाँ घर बनाउने स्थानीयबासीको होडबाजीले सामुदायिक वन फडानी बढेको हो ।
नेपाल सरकार वन मन्त्रालय, वन विभाग सरकारी नियमअनुसार वनलाई सामुदायिक वनको नीतिअनुसार समुदायकै नाममा वन हस्तान्तरण गरेपछि वन फडानीमा रोकथाम हुने लक्ष्य लिए पनि नियमविपरीत हाते आरान प्रयोग गरी फडानी भइरहेको छ । स्थानीय जनप्रतिनिधिले वन फडानी भएको देखे पनि फडानी गर्ने ब्यक्तिलाई कारबाही गर्न सकेको छैन । सामुदायिक वनको नियमअनुसार समितिले काम नगर्दा वन फडानी बढेको हो । डिभिजन वन कार्यालयबाट कुनै पनि कर्मचारी यस क्षेत्रमा निरीक्षण गर्न नआएको स्थानीयबासीको भनाइ छ ।
छायानाथ रारा नगरपालिकाभित्र रहेका सामुदाय वन, राष्टिय वनलगायत अन्य वनको रेखदेख गर्न सबडिभिजन कार्यालयले एकजना फरेस्ट्रि र चारजना वन रक्षकको दरबन्दी डिभिजन वन कार्यालयमा भए पनि वनका कर्मचारी उपस्थित नहुँदा वन फडानी बढेको स्थानीयबासीको दाबी छ ।

 

प्रतिक्रिया दिनुहोस्