Logo

निसान इन्डियाले ल्याउँदै छ ५ सिटे एसयूभी र ७ सिटे बी–एमपीभी

काठमाडौं– निसान मोटर इन्डियाले आफ्नो हालको प्रोडक्ट–लाइनअपमा नयाँ सेभेन–सिटर बी–एमपीभी थप्ने घोषणा गरेको छ ।

हालसालै जापानको योकोहामामा सम्पन्न ‘ग्लोबल प्रोडक्ट सोकेस इभेन्ट’मा निसानले भारतको लागि लक्षित दुई नयाँ उत्पादनहरू प्रदर्शनसमेत गरेको थियो । यो घोषणा, निसानको भारत बजारको लागि लक्षित योजनाअनुरुप छ, जसअन्तर्गत आफ्ना ग्राहकको बढ्दो आकांक्षाअनुरुप हालका उत्पादनलाई परिमार्जन गरी प्रस्तुत गर्ने योजना रहेको छ ।

यसअन्तर्गत परिमार्जित गाडीहरू तीव्र गतिमा वृद्धि भइरहेको बी–एमपीभी, सि–एसयूभी जस्ता सेगमेन्टका साथै नयाँ निसान म्यागनाइटले नेतृत्व गरेको बि–एसयुभि सेगमेन्टमा पनि उपलब्ध गराइने कम्पनीले जनाएको छ । निसानको लागि नेपालको आधिकारिक वितरक पायोनियर मोटो कर्पले नेपाली बजारमा पनि यो लाइन–अप सार्वजनिक गर्ने घोषणा गरेको छ ।

निसानको नयाँ सेभेन–सिटर बी–एमपीभी ( मल्टि–पर्पस भिहेकल)को पहिलोपटक विश्वव्यापी सार्वजनिक प्रदर्शनसँगै निसानको ‘प्लान्ड प्रोडक्ट–अफेन्सिभ’ रणनीति सुरू भएको छ । उक्त सेभेन–सिटर, निसानको भारतको प्रोडक्ट–पोर्टफोलियोमा नयाँ (ब्रान्ड–न्यु) सदस्यको रूपमा थपिने छ, जुन सन् २०२५ को आर्थिक वर्षमा सार्वजनिक गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्